

दुहबी / दुहबी जेसिजको आयोजना तथा ईलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिनको लागु पदार्थ दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम महेन्द्र मेमोरियल एकेडेमी दुहबीको सभा हलमा सम्पन्न गरिएको छ। दुहबी जेसिज २०२४का अध्यक्ष प्रकाश साहको अध्यक्ष्ाता दुहबी नगरपालिका नम्बर ६ का वडा अध्यक्ष घनश्याम हलुवाईको प्रमुख आतिथ्यता तथा जेसी शंकर मण्डलको संयोजकता भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुहबीका बरिस्ठ सई रजिप रणपहेलीको सहजीकरणमा महेन्द्र स्कुलका विद्यार्थीहरुलाई लागु औषधको दुर्व्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर दुहबी जेसिज २०२४का अध्यक्ष प्रकाश साहले दुहबी प्रहरी सहकार्यको सहयोगमा यो जनचेतनामूलक अभियान चलाइएको बताए । साहले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको हो ।
जेसिज सप्ताह कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत दुहबी ४ स्थित रहेको महेन्द्र मेमोरियल ऐकडेमीका स्कुलमा सेचतनामूलक प्रशिक्षण गरिएको छ । सो कार्यक्रममा इप्रका दुहबीका प्रहरी कार्यालय वरिष्ठ सई रजिप रणपहेलीले कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गरेको थियोे ।
रणपहेलीले विद्यार्थीले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह समेत गरे ।
कक्षा ९ र १० का ५५ जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको वरिष्ठ सई रणपहेलीले बताए ।
खुला सिमानाका कारण सीमापारीबाट विभिन्न प्रकारका लागु औषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ । प्रहरीले दैनिकजसो लागु औषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन ।