गिरीबन्धु चिया उद्योगमा कुकर बम राख्ने दुई जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / झापाको गिरीबन्धु टी इस्टेटको चिया कारखानामा कुकर बम राखेर आतंक फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा मोरङ मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६, शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत भदौ २८ गते बिहान ६ः१० बजे गिरीबन्धु चिया उद्योगको पर्खाल नजिक कुकर बम राखेर घटना गराएको आरोपमा उनीहरूलाई करिब अढाई महिनापछि पक्राउ गरिएको हो। राजकुमारलाई उर्लाबारी नगरपालिका–७, उर्लाबारी चोकबाट र धिरजलाई पथरीशनिश्चरे नगरपालिका–१, जातेरोड चोकबाट पक्राउ गरिएको थियो।

बम राखिएको स्थानमा “नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड” को नाममा गिरीबन्धु टी स्टेटको जग्गा कब्जाको विषयलाई उल्लेख गर्दै पर्चा भेटिएको थियो। बम राख्नुको उद्देश्य उद्योगलाई क्षति पुर्‍याउने रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले सुक्ष्म अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनीहरूलाई जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा अनुसन्धान भइरहेको छ।

उक्त घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको थियो। प्रहरीको सक्रियता र निरन्तर अनुसन्धानका कारण दोषी पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]