विराटनगरका दुई पत्रकारले सम्मान बहिष्कार गरे

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / विराटनगरका दुई पत्रकारले सामाजिक सञ्जाल मार्फत सम्मान बहिष्कार गरेका छन् । मैथिली एसोसिएशनले प्रदान गर्ने भनिएको सम्मान बहिष्कार गरेका छन ।

विराटनगरका सञ्चारकर्मीद्वय क्राइम अप्रेशन साप्ताहिक पत्रिकाका सम्पादक श्यामसुन्दर सुतिहार र भित्रको खबर अनलाइन मिडियाका सञ्चालक हुसैन शेखले आफुहरुको नाममा मैथिली एसोसिएशनले घोषणा गरेको ‘गेस्ट अफ अनर’ को उत्त सम्मान बहिष्कार गरेका हुन । सम्मान प्रदायक संस्थाले अवार्डका लागि छनौट गरेका ब्यक्तीहरुसंग ‘स्पोन्सरसिप’ शिर्षकमा रकम उठाएको बिषय सार्वजनिक भएकाले आफु सो संस्थाले दिन लागेको सम्मान नलिने निष्र्कषमा पुगेको पत्रकार सुतिहारले बताउनुभयो ।

आयोजक संस्थाले अवार्ड र सम्मान वितरणको गरिमा विपरितको कार्य गरेकाले सम्मान बहिष्कार गरेको उहाँले बताउनुभयो । पत्रकार सुतिहारले सामाजिक संजालमा स्टाटस लेख्दै आफुले सम्मान नलिने कुरा उक्त संस्थाले मंसिर १२ गते आयोजना गरेको पत्रकार सम्मेलनमैं घोषणा गरेको भएपनि आयोजक एसोसिएशनले आफ्नो नाम सहितको सुचि प्रकाशित गरेकोमा आफ्नो गम्भिर असहमति रहेको उल्लेख सहित सामाजिक सञ्जालमा गर्नुभएको हो ।

विराटनगरकै अर्का पत्रकार हुसैन शेखले समेत सम्मान बहिष्कार गर्नुभएको छ । उहाँले समेत सामाजिक संजालमा स्टाटस लेख्दै सो बिषयमा जानकारी गराउनुभएको छ । शेखले लेखेको स्टाट्समा अर्वाडका लागि छनौट भएका ब्यक्तीहरुसंग रकम संकलन गरेको आरोपहरु आईरहेकाले त्यस्तो कार्यमा आफ्नो असहमित रहेको भन्दै सम्मान नलिने घोषणा गर्नुभएको छ । पत्रकार हुसैनले संस्थाले सार्वजनिक गरेको सम्मानको सुचिबाट आफ्नो नाम हटाउन समेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]