नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले १ करोड ११ लाख पुरस्कार पाउने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) २०८० को विजेता टोलीले ट्रफीसहित १ करोड ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज आयोजित प्रतियोगिताको उद्घाटनका क्रममा यो घोषणा गरिएको हो।

प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ, र चौथो हुने टोलीले २० लाख रुपैयाँ पाउनेछ।

एनपीएलमा सिंगल राउन्ड रोबिन प्रारुपमा २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्।

पहिलो क्वालिफायर: लिगको पहिलो र दोस्रो स्थानका टोलीबीच हुनेछ। यस खेलको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ।

एलिमिनेटर: तेस्रो र चौथो स्थानका टोलीबीच खेल हुनेछ।

दोस्रो क्वालिफायर: एलिमिनेटर विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच हुनेछ।

दोस्रो क्वालिफायरको विजेताले फाइनल खेल खेल्नेछ।

उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स आमनेसामने छन्। एनपीएलको फाइनल खेल पुस ६ गते सम्पन्न हुनेछ।

यो प्रतियोगिता नेपाली क्रिकेटप्रेमीहरूका लागि निकै रोचक हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]