कोशी प्रदेशका तीन जिल्लामा सार्वजनिक सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर / सवारी दुर्घटनामा कमी ल्याउन कोशी प्रदेशका तीन जिल्लामा सार्वजनिक सवारी साधनका लागि शनिबारदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। यो नयाँ नियम झापा, मोरङ र सुनसरीका मुख्य सवारी मार्गहरूमा लागू गरिएको हो।

मोरङको सुन्दरहरैँचा–७ स्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले कार्यक्रममार्फत टाइम कार्डको सुरुवात गरे।

तोकिएका समय सीमा:

1. विराटनगर बसपार्कदेखि इटहरी बसपार्क (२४ किमि) – ४५ मिनेट

2. इटहरीदेखि धरान (२० किमि) – ३८ मिनेट

3. काँकडभिट्टादेखि बिर्तामोड (१७ किमि) – ३० मिनेट

4. झापाको केर्खादेखि मोरङको बेलबारी (३३ किमि) – १ घण्टा

नयाँ प्रणाली अनुसार तीव्र गतिमा सवारी साधन चलाउन रोक लगाई समय सीमा भित्र यात्रा गर्न निर्देशन गरिएको छ।

प्रहरीले विभिन्न स्थानमा चेकजाँच गरी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्ने जनाएको छ।

गत महिनामा झापाको चन्द्रगढीलगायत स्थानमा सरोकारवालाबीच भएको छलफलपछि टाइम कार्ड लागू गर्ने सहमति भएको थियो। यातायात व्यवसायीहरूले यस प्रणालीले सवारी दुर्घटना न्यूनीकरण गर्नेमा विश्वास व्यक्त गरेका छन्।

यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले २०७६ सालमा लागू भएको टाइम कार्डले दुर्घटना घटाएको अनुभव सुनाउँदै अहिले पनि त्यसैगरी सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तीन जिल्लामा एकैसाथ टाइम कार्ड लागू गर्दा दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।

टाइम कार्ड प्रणालीको पुनः कार्यान्वयनले यात्रु सुरक्षा सुनिश्चित गर्दै सार्वजनिक सवारी साधनको अनुशासन सुधार्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]