प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ ;- मेयर कोइराला

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताउनुभएको छ ।

महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गर्नुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाइ थियो । ‘कम्प्युटर इन्जिनिरिङ, आइटी र विश्वबजारमा के माग भइरहेछ त्यसअनुसारको शिक्षा दिन सकेमा कोही पनि बेरोजगार बस्नुपर्दैन,’ उहाँले थप्नुभयो, ‘आइटीसम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्नेछ ।’ अहिले पनि धेरै युवाले नेपालमै बसेर विदेशको काम गरिरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष ६४ अर्बभन्दा बढी आईटी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्रिएको मेयर कोइरालाले बताउनुभयो । अहिलेको शिक्षण पद्धतिबाट माथि उठ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मेयर कोइरालाले आफूले प्राप्त गरेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गर्न बहुप्राविधिक शिक्षालयबाट विदाई भएका विद्यार्थीहरुलाई आग्रहसमेत गर्नुभयो । आफूले प्राप्त गरेको सीप र ज्ञानलाई जतिसुकै बेला पनि प्रयोग गर्न सकिने उहाँको कथन थियो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले महानगरको र अभिभावकको इज्जत र प्रतिष्ठा माथि उठाउने गरी कार्य गर्न बहुप्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । महानगर बहुप्राविधिक शिक्षालय सञ्चालक समिति सदस्यसमेत रहनुभएका पोखरेलले बहुप्राविधिक शिक्षालयलाई अझै व्यवस्थित र गुणस्तरीय बनाउँदै लग्न आफूहरु प्रतिबद्ध रहेको सुनाउनुभयो ।

कार्यक्रममा शिक्षालयका प्राचार्य प्ररिवेश पराजुली, महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्क पराजुली, शिक्षक प्रल्हाद भट्ट, अरुणकुमार कर्णलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आर्टिटेक्चर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, जेमेक्ट्रिक इन्जिनियरिङलगायत पठनपाठन हुन्छ । महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा र प्रि–डिप्लो पूरा गरी ८० जना विद्यार्थी पास आउट भएका छन् । कार्यक्रममा खादा, अविर लगाई मायाको चिनो प्रदान गरेर विद्यार्थीहरुको विदाई गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]