मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट सशस्त्र प्रहरी सइको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर १६, २०८१

विराटनगर/ सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मदिरा तस्करीमा संलग्न गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरी नायव निरीक्षक (सइ) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। आइतबार बिहान भएको घटनामा ठक्कर दिने गाडी भारततर्फ भागेको प्रहरीले जनाएको छ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार मदिरा तस्करी भइरहेको सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाडीलाई रोक्न खोजेको थियो। तर, गाडीले ड्युटीमा रहेका सइ यादवलाई ठक्कर दिएर भारततर्फ भागेको छ।

प्रहरीले ठक्कर दिने गाडीको पहिचान गर्न र तस्करलाई नियन्त्रणमा लिन खोजतलास तीव्र बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सो गाडी मदिरा तस्करीमै प्रयोग हुँदै आएको खुलेको छ।

भारतको बिहारमा मदिरा प्रतिबन्धित भएकाले मधेस प्रदेशका सिमावर्ती क्षेत्रबाट मदिरा तस्करी हुने गरेको छ। तस्करी रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय भए पनि तस्करहरू जोखिम मोलेर गतिविधि जारी राख्ने गरेको पाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ। यसप्रकारको घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौतीलाई थप गम्भीर बनाएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]