एचआईभी एड्स दिवसमा महानगरको नेतृत्वमा प्रभातफेरी 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर १६, २०८१

विराटनगर/ ३७ औं एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको छ ।

महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको उहाँले सुनाउनुभयो । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक ज्ञानबहादुर बस्नेत, महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, एएचएफ नेपालका केशव बजगाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगरको नेतृत्वमा भएको प्रभातफेरीमा परिवर्तनशील समाज, एएमडीए नेपाल, रिकोभरिङ नेपाल, स्पर्श नेपाल, रिचमण्ड फेलोसिप मोरङलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]