सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी सईको मृत्यु, दुई पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर / स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार पक्राउ गरिएका दुईजनासँग सोधपुछ गरी अनुसन्धान अघि बढाइएको छ।

घटनामा संलग्न गाडी र व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ। नम्बर नखुलेको स्कोरपियोले आइतबार बिहान नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका यादवलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडी भारततर्फ फरार भएको थियो।

४८ वर्षीय यादवको शव प्रादेशिक अस्पतालमा परीक्षण गरेपछि साँझ नरहा गाउँपालिका–४ स्थित उनको निवासमा अन्त्येष्टि गरिएको छ।

यस घटनाले सुरक्षाकर्मीप्रति हुने लापरवाहीपूर्ण आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। अनुसन्धान जारी रहेको र दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]