

दुहबी / दुहबी जेसिजको जेसिज साप्ताह २०२४ बर्षको अन्तर्गतको छैटौं दिनको रक्तदान कार्यक्रम दुहबी नगरपालिकाको अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुहबी जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाइटी मोरङ बिराटनगर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त रक्तदान कार्यक्रमबाट ४२ पोइन्ट रगत संकलन भएको जेसिआई दुहबीकी कार्यक्रम संयोजक मिना श्रेष्ठले बताएईन । साथै जेसिआई दुहवि वर्ष २०२४का अध्यक्ष जेसि प्रकाश साहले विगतका बर्षहरूमा पनि रचनात्मक काम गर्दै आएको जेसिजले यसैलाई सप्ताहव्यापि कार्यक्रम अन्तरगत निरन्तरता दिएको साहले बताए । मानव सेवाको उद्देश्यले वर्ष २०२४ मा थप प्रभावकारी काम गरिने उनको भनाइ छ ।
कार्यक्रममा सहयोग गर्ने रक्तदाता नेपाल प्रहरी ,दुहबी नगर प्रहरी बिधालयका शिक्षक शिक्षिका ,नगरपालिका कर्मचारी ,स्थानीयवासी ,सरोकारवाला ,पत्रकार , प्राविधिक सहयोग गर्ने रेडक्रस सोसाइटी बिराटनगर मोरङ शाखालाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि आफुहरुले सामाजिक कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्ने बताए । नेपाल रेडक्रस सोसाइटी बिराटनगर उपशाखा र दुहबी जुनियर जेसिज कार्यक्रमका सहआयोजक हुन् ।