महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर /  विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।

बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगायतले बिउ वितरण गर्नुभएको थियो ।

कृषि शाखाका कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार ५२६ किलो बिउ वितरण गरिएको छ । सो बिउले ६० हेक्टर जमिनमा खेती गर्न सकिनेछ । महानगर क्षेत्रका २६२ घरधुरीलाई सो उन्नत जातको गहुँको बिउ वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्र १ हजार ३७५ खेतीयोग्य जमिन रहेमा २५० हेक्टर जमिनमा गहुँ खेती गर्ने गरिएको छ । यसअघि महानगरले ५० प्रतिशत अनुदानमा मकै बिउ वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]