सुनवर्षी बाट भरुवा बन्दुकसहित १ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर/ मंगलबार दिउँसो मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगाबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ओमप्रकाश यादव हुन्, जसको घरमा अवैध हतियार रहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले दिउँसो १२ः१५ बजे यादवको घरमा छापा मार्दा भरुवा बन्दुक फेला परेको थियो।

प्रहरीले यादवलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। यादवले उक्त हतियार के प्रयोजनका लागि राखेका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]