संगीतालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर / विराटनगरस्थित स्वर संगम संगीतालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

३० औं वार्षिकोत्सवका अवसरमा संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो । स्वरसम्राट नारायणगोपालको ३४ औं स्मृति दिवसको सन्दर्भसमेत पारेर आयोजित कार्यक्रममा संगीतालयका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्यकार जयप्रसाद पाण्डे, समाजसेवी जगतप्रसाद अज्र्याल, गायक रामा मण्डल, ललितकला निवास पोखरेल, संगीतालय स्थापनाकालका विद्यार्थीमध्येबाट रश्मी हमाललाई सम्मान गरिएको थियो ।

संगीतालयकाा अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले विराटनगर प्रज्ञा प्रतिष्ठानमार्फत सबै भाषा, साहित्य, कला, संस्कृतिको विकासमा लागिसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा कलाकारहरुले शास्त्रीय संगीतसहित स्वरसम्राट नारायणगोपालका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]