गोल्डेन अस्पतालका चिकित्सकको लापरबाहीको आरोपमा चक्काजाम

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २०, २०८१

विराटनगर/ गोल्डेन अस्पताल विराटनगरका चिकित्सकहरूको लापरबाहीको आरोपमा मृतकका आफन्तहरूले चक्काजाम गरेका छन्। हिजो साँझ करिब ६ः२५ देखि ६ः५० बजेसम्म सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै बाटो अवरोध गरिएको हो।

मंसिर १३ गते इटहरी–१२ खनारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका कोशी गाउँपालिका–८ निवासी २७ वर्षीय आशिक आलमलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा हिजो उनको मृत्यु भएपछि परिवारले चिकित्सकहरूको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

मृतकका आफन्तहरूले घटनापछि न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण केही समय राजमार्ग अवरुद्ध भएको थियो। प्रशासनले घटना समाधानका लागि मृतकका परिवार र अस्पताल प्रशासनबीच वार्ता गराउने प्रयास गरिरहेको छ।

यस घटनाले चिकित्सकहरूको कामप्रति प्रश्न उठाउँदै अस्पतालमा उपचार प्रक्रियाको समीक्षा गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]