मोरङको कानेपोखरीस्थित होटलमा पुरुष मृत अवस्थामा फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

मोरङ /  मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित बान्तावा होटलमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान खुल्न नसके पनि प्रारम्भिक अनुसन्धानबाट उनको घर झापाको दुहबीस्थित दुलावारीमा रहेको खुलेको छ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालका अनुसार मृतक बेवारिसीझैं हिँडडुल गर्ने देखिन्थे। “हामीले मृतकको छोरालाई जानकारी गराएका छौँ,” उनले बताए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]