धुलावारीमा तीन लाखको लत्ताकपडा चोरी, दुई पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ मेचीनगर नगरपालिका–१० धुलावारी बजारस्थित भैरव स्टोरबाट करिब तीन लाख रुपैयाँ बराबरको लत्ताकपडा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

धुलावारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको कपडा पसलमा बुधवार राति चोरी भएको थियो। चोरीमा संलग्न मेचीनगर–१० टिमाई भेली बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार, सिसीटीभी फुटेजको आधारमा उनीहरूको पहिचान गरिएको थियो। खोजतलासको क्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षकले जानकारी दिए।

चोरी गरेर लगिएका लत्ताकपडाहरू दुवै जनाको घरबाट बरामद गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउँदै चोरीमा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]