मलद्वारबाट लागुऔषधसहित झापामा एकजना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ झापाको काँकडभिट्टामा मलद्वारमा लुकाएर लागुऔषध ल्याउने प्रयास गर्ने मोरङका एक युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले आज दिउँसो ३ बजे काँकडभिट्टास्थित पुरानो मेचीपुलमा ४० वर्षीय खेमराज सुवेदीलाई पक्राउ गरेको हो।

मोरङको उर्लाबारी-३ निवासी सुवेदी भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउँदै गर्दा प्रहरीले जाँच गर्ने क्रममा तीन ग्राम खैरो हेरोइन प्लास्टिकमा पोको पारेर मलद्वारमा लुकाइएको अवस्थामा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुवेदीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागुऔषध तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]