विराटनगरमा अन्तर्राष्ट्रिय बालविकास सम्मेलन सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ। पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन र शिक्षाशास्त्र संकाय विभागले आयोजना गरेको यो सम्मेलन शनिबार सम्पन्न हुनेछ।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। कार्यक्रममा अमेरिका, इङ्ल्याण्ड, पाकिस्तान, बंगलादेश, भारत र नेपालका २०० जना बाल विकास विशेषज्ञहरूको सहभागिता रहेको छ।

पूर्वाञ्चल विश्वविद्यालयका कला, कानुन र शिक्षाशास्त्र संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलका अनुसार लामो समयदेखि बाल विकास क्षेत्रमा काम गरिरहेका ४० जना विज्ञहरूले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरी आफ्ना धारणा राख्नेछन्।

विराटनगरको विग होटलमा जारी सम्मेलनले बाल विकासका क्षेत्रमा भएका नवीन अनुसन्धान र अनुभव आदानप्रदानका लागि अन्तर्राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराएको आयोजकले बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]