सुनसरीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु, स्थानीयद्वारा विरोध प्रदर्शन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २२, २०८१

विराटनगर/ सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-४ स्थित मुख्य बजारको भित्री सडकमा भएको दुर्घटनामा साइकल यात्रीको ज्यान गएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६४३१ नम्बरको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका-७ निवासी ४५ वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार दुर्घटना शुक्रबार बिहान ३:३० बजे भएको थियो। मृतक झलु उराव साइकलमा यात्रा गरिरहेका थिए। ठक्कर दिने टिप्पर र चालक, ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई इलाका प्रहरी कार्यालय देवानगञ्जले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो दुर्घटनाले स्थानीय क्षेत्रमा जनसुरक्षा र सडक दुर्घटनाको समस्या उठाएको छ। स्थानीयहरूले टिपर र अन्य ठूला सवारीसाधनको अनियन्त्रित गति र बेवास्ताप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधानको माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]