लायन्सद्वारा निःशुल्क मधुमेह जाँच 

Logo
चन्दन रौनियार  प्रकाशित आइतबार, मंसिर २३, २०८१

दुहबी /लायन्स क्लब अफ दुहबी र लियो क्लब अफ दुहबीको संयुक्त आयोजनामा निशुलक मधुमेह परीक्षण कार्यक्रम दुहबी बजारमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम लायन्स क्लबका भोगेन्द्र शाहको अध्यक्षता एवं डिष्ट्रिक्ट ३२५ आई का गर्भनर लायन बिकास अधिकारीले प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्दै लायन बिकास अधिकारीले लायन्स क्लब अफ दुहबीले मधुमेह परिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद दिए।

यो क्लबले यस किसिमको कार्यक्रम आयोजनामा नेतृत्व गरेको देखेर गर्व लागेको उनले बताए। सो कार्यक्रममा १५५ जनाले सेवा लिएको र प्राविधिक सहयोग लायन्स क्लब इनटरनेशलले गरेको लायन्स क्लबअफ दुहबीको अध्यक्ष भोगेन्द्र शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]