झापामा वृद्धा हत्या प्रकरण: दुई पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ झापा गाउँपालिका वडा नं. ६ पुष्पाञ्जली टोलमा ८३ वर्षीया फुलमाया मुर्मूको हत्याको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले झापा गाउँपालिका वडा नं. ७ बस्ने २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो।

घरमा एक्लै रहेका बेला लुटपाट गर्ने उद्देश्यले पुगेका यादवद्वयले कलको ह्याण्डिल र फरुवाले प्रहार गरी वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरिसकेपछि शव गाईवस्तुको घाँस खाने डुँडमा परालले छोपेर लुकाइएको थियो। उनीहरुले वृद्धाको घरबाट सामसुङ र कलर्स ब्रान्डका दुईवटा मोबाइल पनि लुटेका थिए।

जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानबाट आएको कुकुरसहितको टोलीको सहकार्यमा घटनाको अनुसन्धान भइरहेको छ। लुटिएको मोबाइल र साइकलसहित झापा गाउँपालिका वडा नं. ७ मदरगाछबाट पक्राउ परेका अभियुक्तहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

पक्राउ परेका दुवै अभियुक्त लागूऔषध दुर्व्यसनी रहेको र लागूऔषध किन्न रकम जुटाउनकै लागि लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ।

घटनाको एक दिन अघि मृतक मुर्मूले आफ्नो जग्गा बिक्री गरी एक लाख रुपैयाँ लिएकी थिइन्। प्रहरीले उक्त रकम लुट्नकै लागि हत्या गरिएको हुनसक्ने अनुमान गरेको छ।

घटनामा संलग्न भएको आशंकामा झापा गाउँपालिका वडा नं. ७ बस्ने पवनलाल राजवंशी (२७) र उनका भाइ धनलाल राजवंशी (२३)लाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]