प्रधानमन्त्री ओलीलाई झापामा रास्वपाका कार्यकर्ताद्वारा कालो झण्डा प्रदर्शन

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार झापाको मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन्।

मेचीनगर इँट्टाभटा नजिक रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै “राजनीतिक प्रतिशोध बन्द गर” र “प्रहरी दमन मुर्दावाद” जस्ता नारा लगाएका थिए। विरोध प्रदर्शन प्रधानमन्त्रीको पछिल्लो राजनीतिक कदम र सुरक्षा निकायको गतिविधिको विरोधमा गरिएको बताइएको छ।

प्रदर्शनका क्रममा प्रहरीले रास्वपाका झापा क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा सहित केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका प्रदर्शनकारीहरूसँग थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

रास्वपाका कार्यकर्ताले ओली नेतृत्वको सरकारविरुद्ध राजनीतिक प्रतिशोधको आरोप लगाउँदै झापामा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले झापा क्षेत्रमै प्रदर्शन गरी सरकारप्रति असहमति जनाएका छन्।

यो घटना प्रधानमन्त्रीको गृहजिल्लामा भएको विरोधका रूपमा देखिएको छ, जसले स्थानीयस्तरमा राजनीतिक असन्तोषको संकेत दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]