विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ विराटनगरमा ट्रकको ठक्करबाट आज दिउँसो एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका निवासी अन्दाजी २६ वर्षीय मानबहादुर लिम्बू (माने) रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

जिल्लाका डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक को १ ख ३४८० नम्बरको ट्रकले दिउँसो ४ः१० बजे बाटो क्रस गर्दै गरेका लिम्बूलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ दिउँसो ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको छ। प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

लिम्बूको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]