सहकारी ठगी प्रकरण: रास्वपा सभापति रवि लामिछानेको हिरासत अवधि चार दिन थप

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ सहकारी ठगी र संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीले हिरासतमा राखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत अवधि चार दिन थप गरिएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई न्यायाधीश हिमलाल बेलबासेको इजलासले थप चार दिन म्याद थप्न अनुमति दिएको हो।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको थियो। त्यसयता, उनलाई रुपन्देही, काठमाडौँ, र चितवनमा पनि लगेर बयान लिइएको छ।

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछानेलाई थप प्रमाण संकलन र अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको हो। कास्की प्रहरीले यो प्रकरणमा लामिछानेको संलग्नता बारे थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]