महामन्त्री शर्माद्वारा झापा–१ लाई माया गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा निर्वाचन क्षेत्र नम्बर–१ लाई झापा–५ जत्तिकै माया गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

दुई दिने कार्यक्रमका लागि गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीलाई महामन्त्री शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा–१ प्रति पनि विशेष ध्यान दिन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा–५ भए पनि झापा–१ को विकास र समृद्धिका लागि पनि समान प्राथमिकता दिन शर्माले अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा आइपुगेका हुन्। दुई दिने कार्यक्रमअन्तर्गत उनले विभिन्न स्थानमा सहभागी हुनेछन्। झापा–१ भने नेपाली कांग्रेसका महामन्त्री शर्माको निर्वाचन क्षेत्र हो।

महामन्त्री शर्माले निर्वाचन क्षेत्रको समग्र विकास र स्थानीय जनताको हितका लागि प्रधानमन्त्रीसँग सहकार्य र ध्यान दिन अपिल गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]