आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/ हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाज बुलन्द पार्दै अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइन्छ। सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले यस दिनलाई भ्रष्टाचारविरुद्धको दिवसका रूपमा मान्यता दिएको हो।

यस वर्ष “Engage in Transparency” अर्थात् “पारदर्शिताका क्रियाकलापहरूमा संलग्न हौं” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाइँदैछ। सन् २०२४ को यो दिवसले सरकार, व्यापार, र सामाजिक गतिविधिमा पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने उद्देश्य राखेको छ।

आजको दिन भ्रष्टाचारका कारण हुने क्षति र यसका विरुद्ध गरिनुपर्ने कदमबारे चेतना फैलाउने उद्देश्यले विभिन्न देशमा जागरण कार्यक्रमहरू सञ्चालन गरिन्छ। मानवता, नैतिकता, र साधारण जीवनशैलीको महत्त्वलाई उजागर गर्दै भ्रष्टाचारको न्यूनिकरणमा जोड दिनुपर्ने सन्देश दिन आजको दिवस केन्द्रित छ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानिक निकायका रूपमा क्रियाशील छ। नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ र २३९ मा आयोगको गठन, काम, कर्तव्य, र अधिकारबारे स्पष्ट व्यवस्था गरिएको छ।

यदि कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको उजुरी परेमा वा अनुसन्धानको क्रममा भ्रष्टाचार भेटिएमा आयोगले कानूनअनुसार अनुसन्धान गर्न र कानूनी कारबाही अघि बढाउन सक्छ।

भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आजको दिनले नागरिकहरूलाई जागरुक बनाउन र सरकारी निकायलाई उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]