नोबेल मेडिकल कलेजअगाडि ग्राहक ठगी: भारत र विभिन्न जिल्लाबाट आएका बिरामी प्रभावित

Logo
जुगेश दास प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर। मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा अवस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसलहरूमा ग्राहकहरू ठगिने घटनाहरू बढ्दै गएका छन्। अस्पतालमा उपचार गर्न आएका विभिन्न जिल्ला र भारतका बिरामीहरू तथा उनका कुरुवाहरू ठगीको शिकार भएका छन्।

अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको बिरामी र कुरुवाहरूले गुनासो गरेका छन्। विशेष गरी लत्ताकपडा, खाद्यान्न, र होटेल सेवामा अनावश्यक रूपमा महँगो मूल्य लिने गरेको पाइएको छ।

भारतबाट उपचारका लागि आएका बिरामीहरूले दोब्बर शुल्क तिर्नुपरेको गुनासो गरेका छन्। भारतीय नागरिकहरूले नेपाली भाषामा नबोल्दा व्यवसायीहरूले उनीहरूलाई ठगी गरेको गुनासो छ। एक भारतीय नागरिकका अनुसार, पसलले वस्तुको मूल्य नेपाली रुपैयाँमा बताए पनि पैसा बुझाएपछि भारतीय रुपैयाँमा दोब्बर असुल गरेका थिए। जब ग्राहकले विरोध गरे, पसल संचालकहरूले धम्क्याउने गरेका छन्।

अधिकांश बिरामी र कुरुवाहरू आर्थिक रूपमा कमजोर हुन्छन्, जसले गर्दा ऋण लिएर उपचार गराउन आएका परिवारलाई ठगीको अतिरिक्त बोझ परेको छ।

ग्राहक ठगीको यस्ता घटना रोक्नका लागि स्थानीय प्रशासन, महानगरपालिका, र उपभोक्ता हित संरक्षण निकायहरूले तत्काल अनुगमन गर्नुपर्ने आवश्यकता छ। पसलहरूको मूल्यसूची सार्वजनिक गर्न र तोकिएको मूल्यअनुसार सामान तथा सेवा प्रदान गर्न बाध्य बनाउने नीति लागू गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]