सुनवर्षीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थित ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ।

हिजो मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी रेखा देवी सिंहलाई रंगेली अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा डाक्टरले उनलाई मृत घोषित गरेका छन्।

घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]