जनता समाजवादी पार्टी नेपालद्वारा देवानगंज-१ मा २१ सदस्यीय वडा कार्यसमिति पुनर्गठन

Logo
जुगेश दास प्रकाशित सोमबार, मंसिर २४, २०८१

सुनसरी । देवानगंज गाउँपालिका वडा नम्बर १, मध्यहर्षाहीमा जनता समाजवादी पार्टी नेपालले २१ सदस्यीय वडा कार्यसमितिको पुनर्गठन गरेको छ। उक्त कार्यसमितिको अध्यक्षतामा श्री किशोर कुमार पाल चयन भएका छन्।

कार्यक्रममा देवानगंज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हन्सा साहको विशेष उपस्थिति रहेको थियो। पुनर्गठन कार्यक्रममा पार्टीका स्थानीय नेताहरू र कार्यकर्ताहरूको सक्रिय सहभागिता थियो।

यस पुनर्गठनले वडास्तरमा पार्टीको संगठनात्मक क्षमता वृद्धि गर्दै जनतासँगको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमिति गठनपश्चात् अध्यक्ष पालले पार्टीको नीति र उद्देश्यलाई स्थानीयस्तरमा सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमको समापनमा सहभागीहरूले एकताबद्ध भएर वडाको विकास र जनहितका काममा जुट्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]