महेन्द्र स्काउट दलका ५६ जनाबिद्यार्थी दीक्षीत

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित बुधबार, मंसिर २६, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.४ स्थित महेन्द्र मेमोरियल ऐकडेमी स्कुलमा रहेको महेन्द्र स्काउट दलका ५६ जनाबिद्यार्थी दीक्षीत भएका छन् । मङलबार बिद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका ५६ जना बिद्यार्थी दिक्षीत भएका हुन । दिक्षीत भएकाहरु नेपाल स्काउटमा समेत सदस्य बनेका महेन्द्र स्काउट दलका मास्टर भानुभक्त भण्डारीले बताए ।

स्काउट दलमा रहेकाहरुले आफुँमा धैरै सकारात्मक परिवर्तन ल्याएको स्काउटले आफुमा आत्मविश्वास बढाएको पहिले काम गर्नै मन लाग्थेन , अहिले साथीहरु संग समुहमा काम गर्न सिके, समुहमा कसरी काम गर्ने ? नेतृत्व कसरी लिनुपर्छ ? सबै स्काउटले सिकायो, सिकेका कुरालाइ आफ्नो जिवनमा लागु गर्ने यस्तै स्काउटमा लागेर कुनै नोक्सानी नभएको अनुशासन , मानवता र समर्पण स्काउटले सिकाएको भन्दै स्वयंमसेवामा जिवन समपर्ण गर्ने दलका लागेका बिधार्थिहरुले बताउछन । स्काउटले गर्दा छोराछोरीमा आएको परिवर्तनले आफुहरु खुशी भएको अभिभावकहरुले बताएका छन् ।
महेन्द्र मेमोरियल ऐकडेमि बिद्यालयका संचालक प्र .अ निश्चल राज शाक्यको अध्यक्षता,कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा कोशी प्रदेश स्काउट अधिकृत नवराज घिमिरे ,स्थानीय पत्रकार चन्दन रौनियारलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]