रंगेलीमा ४७ लाख ४९ हजार अवैध रकमसहित एक महिला पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर/ मोरङको रंगेली नगरपालिका-८ दर्वेशामा स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ परेकी छिन्। मंगलबार इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले ६५ वर्षीया ज्योति देवी अग्रवालको घरमा छापा मार्दा उक्त रकम बरामद गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अग्रवालको घरको दक्षिण–पश्चिमतर्फको कोठामा टिनको बाकसभित्र चाबी लगाएर लुकाइएको अवस्थामा रकम फेला पारेको हो। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा गरिएको उक्त छापामार कारबाहीमा १ हजार र ५ सय दरका नोट फेला परेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको ठूलो रकम भेटिएपछि घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिइएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

अवैध रकमका कारण संलग्नता पुष्टि भएमा कानुनी कारबाही हुने प्रहरीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]