पुस १ र २ गते महानगर रोजगार मेला 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर /  रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित इको पार्कमा मेला आयोजना गर्न लागेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतको उपस्थितिमा मंगलबार महानगरले निजी क्षेत्र छलफल र सरोजगारवालाहरुसित छलफल गरेको छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, तालिम प्रदायक महासंघ, होटल व्यवसायी संघलगायतका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको थियो ।

सहभागीहरुले मेला सफल बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । मेलामा ३० वटा स्टल रहने महानगरको रोजगार शाखाका कर्मचारी कपिल थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]