वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीनजना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका व्यक्तिहरू

1. मधु तिमल्सिना अधिकारी (30 वर्ष):

कास्की, पोखरा महानगरपालिका–25 घर, हाल काठमाडौँ टोखा नगरपालिका–6 निवासी।

तीन पीडितबाट रोमानिया पठाउने भन्दै रु ७ लाख ठगी।

2. गीता कुँवर (32 वर्ष):

रुपन्देही, देवदह नगरपालिका–12 घर, हाल काठमाडौँ महानगरपालिका–28 निवासी।

आठ पीडितबाट युके पठाउने भन्दै रु १६ लाख ५ हजार ठगी।

3. दिव्या यादव (30 वर्ष):

सिराहा, सिराहा नगरपालिका–7 घर, हाल काठमाडौँ–22 निवासी।

एक पीडितबाट स्लोभाकिया पठाउने भन्दै रु ५ लाख १५ हजार ठगी।

मधु तिमल्सिनालाई काठमाडौँको टोखा–6 बाट।

गीता कुँवरलाई काठमाडौँ महानगरपालिका–28 बाट।

दिव्या यादवलाई काठमाडौँ न्युरोडबाट।

पीडितहरूलाई आकर्षक तलब र सहज रोजगारीका सपना देखाई रकम लिई सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूले उजुरी दिएपछि अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मधु तिमल्सिना र गीता कुँवरलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ। दिव्या यादवलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ भद्रकाली पठाइएको छ।

प्रहरीका अनुसार ठगी सम्बन्धी थप अनुसन्धान भइरहेको छ। पीडितहरूलाई आफ्नो अधिकारका लागि सतर्क रहन र वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहलाई रोक्न सचेतना फैलाउन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]