सेन्ट जोसेफ स्कुल विराटनगरका दुई विद्यार्थी होस्टलबाट ‘बेपत्ता’

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर /  विराटनगरस्थित सेन्ट जोसेफ स्कुलको होस्टलमा बस्दै आएका दुई जना विद्यार्थी बुधबार रातिदेखि बेपत्ता भएका छन्। कक्षा १० मा अध्ययनरत १६ वर्षीय सुरज खड्का र रनवीर सिंह होस्टलबाट हराएका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ती विद्यार्थीहरु होस्टलबाट भागेको जानकारी प्राप्त भएपछि खोजी कार्य सुरु गरिएको छ। उनले सीसीटीभी फुटेजका आधारमा कोशी राजमार्गको बरगाछीबाट गाडीमा पश्चिमतर्फ गएको देखिएको जनाएका छन्।

डीएसपी जोशीले दुवै विद्यार्थीको घरपरिवारसँग सम्पर्क गर्ने प्रयास गर्दा उनीहरु परिवारको सम्पर्कमा समेत नरहेको जानकारी दिएका छन्। सिंहको घर जनकपुर रहेको र सुरज खड्काको स्थायी ठेगाना विराटनगरकै भएको बताइएको छ।

स्कुलका श्रोतका अनुसार, विद्यार्थीहरुले गल्ती गरेपछि होस्टलबाट भागेका हुनसक्ने अनुमान गरिएको छ। यस घटनाले विद्यार्थीहरुको सुरक्षा र होस्टल व्यवस्थापनको विषयमा गम्भीर प्रश्न उठाएको छ।

प्रहरीले खोजी तीव्र बनाएको र विद्यार्थीको अवस्था सुरक्षित रहे/नरहेको बारे यथाशक्य चाँडो जानकारी उपलब्ध गराउने बताएको छ।

यदि कसैले यी विद्यार्थीहरुलाई देखेका वा उनीहरूसँग कुनै जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अपिल गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]