झापामा स्रोत नखुलेको २९,७०० अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

झापा/ स्रोत नखुलेको ठूलो मात्रामा अमेरिकी डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन्। बिहीबार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्रदेश १–०२–००१ ख ९५३०) बाट २५ वर्षीय मोहम्मद नौसाद मिया पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा मिया सवार बसलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मियाको कालो झोलाबाट स्रोत नखुलेको १०० दरका २९७ थान अमेरिकी डलर (कुल २९,७०० डलर) बरामद गरिएको छ।

बिहीबारको विनिमय दर (१ डलर = रु. १३५.८२) अनुसार उक्त डलरको नेपाली मूल्य रु. ४०,३३,८५४ भएको प्रहरीले जनाएको छ।

प्रहरीले नौसाद मियालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको छ। रकमको स्रोत, उद्देश्य, र सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीले यस घटनालाई गैरकानुनी धन ओसारपसारसँग सम्बन्धित भन्दै चनाखो भएर अनुसन्धान अघि बढाएको बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]