जनकपुर प्लेअफमा प्रवेश, सुपर ओभरमा विराटनगर पराजित

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले एक खेलअघि नै प्लेअफमा स्थान बनाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका जेम्स नीशमले २७ र हर्ष ठाकरले नटआउट २५ रन बनाए। काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा मात्र १०१ रनमा अलआउट भयो। काठमाडौंका गेरहार्ड इरस्मसले २० र कप्तान करण केसीले १९ रनको योगदान दिए। जनकपुरका ललित राजवंशी र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिए। ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन मात्र खर्चिए।

यो जितसँगै जनकपुर बोल्ट्स ६ खेलबाट १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। काठमाडौं ५ खेलमा ४ अङ्कसहित पाँचौं स्थानमा छ।

यसअघि बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्‍यो। एनपीएलको यो पहिलो सुपर ओभरमा पोखराले १९ रनको लक्ष्य दिएको थियो। विराटनगरले मात्र ५ रन बनाउन सक्यो।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा ६ विकेट गुमाएर १३९ रनमै रोकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। पोखराका आन्द्रेस गौसले ३९ र रेमोन रेफरले नटआउट ३४ रन बनाए। विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। स्कट इडवार्ड्सले ४५ रन बनाए भने पोखराका सागर ढकाल र रेमोन रेफरले २–२ विकेट लिए।

यो जितपछि पोखरा ५ खेलबाट ४ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ। विराटनगर भने ५ खेलबाट मात्र २ अङ्कसहित पुछारमा रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]