झापामा स्रोत नखुलेको रकमको अवैध कारोबार बढ्दो: अमेरिकी डलर, नेपाली रुपैयाँसहित ठूलो परिमाणको रकम बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर/ झापा जिल्लामा स्रोत नखुलेको रकमको अवैध कारोबार व्यापक भइरहेको पाइएको छ। हालैका घटनाहरूले नेपाली, भारतीय रुपैयाँदेखि अमेरिकी डलरसम्मको ठूलो परिमाणमा कारोबार भइरहेको तथ्य उजागर गरेका छन्। भरियामार्फत हुने यस्तो कारोबारमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ।

हिजो गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मिया २९ हजार ७०० अमेरिकी डलरसहित पक्राउ परेका छन्। दमकको पूर्व बसस्टेन्डमा प्रहरी टोली देखेर उनी भाग्न खोज्दा उनलाई दमकबाट छुटेको यात्रुवाहक बसमा कमल गाउँपालिका–३ केर्खा चोकमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट कालो झोलामा लुकाइएका १०० दरका २९७ वटा अमेरिकी डलर (नेपाली रूपैयाँ ४० लाख ३३ हजार ८५४ बराबर) फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार उनलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा कारबाहीका लागि पठाइएको छ।

यसअघि, मंसिर १६ गते झापा गाउँपालिका–५ खाताबस्ती पुलमा सशस्त्र प्रहरीको टोलीलाई देखेर एक व्यक्ति ५ लाख ५० हजार नेपाली रुपैयाँ भएको झोला छोडेर भागेका थिए। उनको पहिचान भने खुलेको छैन।

तीन दिनअघि मोरङको रंगेली नगरपालिका–८ मा ६५ वर्षीया ज्योतिदेवी अग्रवालको घरबाट प्रहरीले स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय रंगेलीले विशेष सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा रकम लुकाइएको अवस्थामा फेला पारेको हो।

झापा र मोरङमा देखिएको स्रोत नखुलेको रकमको कारोबारले संगठित अपराधको सम्भावना देखाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ भने यस प्रकारका अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न कडाइ गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]