बुटवलमा जिप दुर्घटना: दम्पतीसहित ३ जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर / पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा जिप दुर्घटना हुँदा एक दम्पतीसहित तीन जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल, र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको ज्यान गएको हो।

गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, दुर्घटना पुल क्रस गरिसकेपछि मोडमा भएको हो।

उक्त जिप अर्घाखाँची क्याटरिङ सेवाको रहेको बताइएको छ। दुर्घटनामा परेका तीनै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। यो घटनाले मृतकका परिवार र स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]