झापाको कमल गाउँपालिकामा बस दुर्घटना, पाँचजना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर/ झापाको कमल गाउँपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ११:२७ बजे यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्।

दमकबाट केर्खातर्फ गइरहेको प्रदेश नं. १–०२–००१ख ९७०६ नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्रदेश नं. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएपछि उक्त कार सडकबाट तल झरेको थियो। त्यसपछि बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फ गइरहेको प्रदेश नं. १–०१–०२ह. ९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदै पल्टिएको हो।

दुर्घटनामा बस चालक रोहित महल्दार (४०, मोरङ कटहरी-३), सिटी सफारी चालक राम गुरागाई (५०, दमक नगरपालिका-९), सिटी सफारीमा सवार सुनिता सहनी (२८, कमल गाउँपालिका-३), भारतीय कार चालक गोपाल अग्रवाल (३२, सिलिगुडी), र अर्को कार चालक टेनहेडर भोटे (३७, संखुवासभा थोतखोला-२) घाइते भएका छन्।

घाइतेहरूमध्ये सामान्य चोट लागेका व्यक्तिहरूलाई निम्स अस्पताल, दमक लगिएको छ भने गम्भीर घाइतेलाई बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका लागि भर्ना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले जानकारी दिए।

प्रहरीका अनुसार बस अनियन्त्रित भएपछि यो दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]