सिरहामा कार दुर्घटनामा १३० किलो गाँजा बरामद

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा शनिबार भएको सवारी दुर्घटनामा प्रहरीले १३० किलो गाँजा बरामद गरेको छ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो।

दुर्घटनापछि प्रहरीले कारको खोजतलास गर्दा १३० किलो गाँजा फेला पारेको हो। ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कारका चालक फरार रहेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। गाँजा ओसारपसारका लागि प्रयोग भएको कार र बरामद गाँजाबारे अनुसन्धान अघि बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]