कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ कञ्चनपुरको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोही स्थानका चालक विमल रानाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार ट्याक्टर पल्टिँदा चालक रानालाई च्यापिएर गम्भीर चोट लागेको थियो, जसका कारण उनको ज्यान गएको हो। तर, सोही ट्याक्टरमा सवार रहेका तारासिं भने सकुशल रहेका छन्।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]