कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ कञ्चनपुरको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोही स्थानका चालक विमल रानाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार ट्याक्टर पल्टिँदा चालक रानालाई च्यापिएर गम्भीर चोट लागेको थियो, जसका कारण उनको ज्यान गएको हो। तर, सोही ट्याक्टरमा सवार रहेका तारासिं भने सकुशल रहेका छन्।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]