काठमाडौँमा आत्मदह प्रयास गरेकी महिलाको मृत्यु 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ काठमाडौँको कोटेश्वरी मनोहरा नगरपालिका-८ स्थित किरातचोक नजिकै बागमती नदीको किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदह प्रयास गर्ने महिलाको मृत्यु भएको छ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर -१२ निवासी र बौद्ध नारायणटार बस्ने ३८ वर्षीय कमला आचार्यले शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याइएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपनिरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शनिबार बा ३५ प ५८१८ नम्बरको स्कुटरमा बागमती किनारको खाली स्थानमा पुगेकी आचार्यले पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटना लगत्तै स्थानीयले खबर गरेपछि उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

मृतकको सब परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज पठाइएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]