दमकमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, एक जना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ झापाको दमक नगरपालिका–१०, सेतुमारी चोक नजिक आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, सेतुमारीबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार रहेका थिए।

दुर्घटनामा गौरादह नगरपालिका–५ की ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँकी २५ वर्षीया मनचरी भनिने ओम कुमारी राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २७ वर्षीय विराज थापा गम्भीर घाइते भएका छन्। उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

यस घटनाले मोटरसाइकल चलाउँदा सुरक्षाको महत्त्व र सतर्कता आवश्यक पर्ने विषय पुनः उजागर गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]