ताप्लेजुङको फुङलिङमा आगलागी: एक घर पूर्ण रूपमा जलेर नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ ताप्लेजुङको फुङलिङ नगरपालिका–६ गुम्बाडाँडामा गएराति आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, राति १० बजे महेन्द्र गुरुङको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो। उक्त घरमा टिकामाया गुरुङ डेरा गरी बस्दै आएकी थिइन्। आगलागी भएको समयमा घरमा कोही नभएको कारण मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको छ।

आगलागीबाट ढुङ्गा-माटोले बनेको तीनतले टिनको छानो भएको घर पूर्ण रूपमा नष्ट हुनुका साथै घरभित्र रहेका २० वटा कुखुरा, ४ मुरी मकै, ४ मुरी आलु, टेलिभिजन र डिसहोम समेत जलेर नष्ट भएका छन्।

प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १२ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]