प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ। उनी मुटुसम्बन्धी समस्याबाट ग्रस्त थिए र दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचाररत थिए।

संगीतको क्षेत्रमा एक अद्वितीय योगदान दिएका उस्ताद जाकिर हुसैनले भारतीय शास्त्रीय संगीतलाई विश्वभर पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। तबलामा उनको कौशल र कला विश्वभर सराहनीय थियो।

उनको योगदानको कदर गर्दै उनलाई भारत सरकारले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण, र २०२३ मा पद्मविभूषणजस्ता प्रतिष्ठित पुरस्कार प्रदान गरेको थियो।

उनको निधनले भारतीय संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। विश्वभरका संगीतप्रेमीहरूले उनको सम्झनामा शोक व्यक्त गरिरहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]