नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन्। आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्माको विजयी भएको घोषणा गरेको हो।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षकी उम्मेदवार रहेकी शर्माले ४२८२ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरे। शर्माले १०७९ मतको फराकिलो अन्तरले विजयी हासिल गरेकी हुन्। अध्यक्षका अन्य उम्मेदवार देवी प्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।

अन्य विजयी पदाधिकारीहरू

वरिष्ठ उपाध्यक्ष: दीपक उपाध्याय

उपाध्यक्ष महिला: निनु पण्डित (४७०५ मत)

उपाध्यक्ष समावेशी: उमिद प्रसाद बागचन (४२९२ मत)

महासचिव: रामप्रसाद दाहाल (४०८४ मत)

निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १९२९ मत प्राप्त गरे।

सचिवहरू

खुल्ला सचिव: रमेश खतिवडा

सचिव महिला: सोनी शर्मा

सचिव आदिवासी जनजाति: सविन प्रियासन

सचिव मधेसी: अशोक कुमार तिवारी

सचिव दलित: प्रकाश धौलाकोटी

सचिव एसोसियट: वैकुण्ठराज पराजुली

कोषाध्यक्ष

रामकृष्ण अधिकारी विजयी भएका छन्।

निर्वाचनले नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गरेको छ। निर्मला शर्माको नेतृत्वमा महासङ्घले पत्रकारिता क्षेत्रमा सुधार र सशक्तिकरणको दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]