देवानगञ्ज गाउँपालिका-१ मा रामजानकी मन्दिरलाई समर्पित चाैक स्थापना

Logo
जुगेश दास प्रकाशित सोमबार, पुष ०१, २०८१

देवानगञ्ज /  देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मा अवस्थित ऐतिहासिक रामजानकी मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि चाैक स्थापना गरिएको छ। मन्दिरलाई समर्पित यो चाैक स्थापनाको कार्य स्थानीय युवाहरूको सक्रियतामा र धार्मिक उत्साहका साथ सम्पन्न भएको हो।

चाैक स्थापना गर्नुअघि धार्मिक विधिपूर्वक बोड मनाएर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई वडा सदस्य अर्जुन मेहता, शिक्षक श्यामदेव मेहता, शिक्षक सन्तकुमार मेहता तथा स्थानीय युवाहरूले नेतृत्व गरेका थिए।

देवानगञ्ज गाउँपालिका, रामजानकी मन्दिर व्यवस्थापन समिति र स्थानीय युवाहरूको आर्थिक तथा शारीरिक सहयोगमा यो महत्त्वपूर्ण कार्य सम्पन्न गरिएको हो। यस कार्यले हिन्दू धर्मप्रति स्थानीय युवाहरूको रुचि र चासो झनै बढ्दै गएको संकेत गरेको छ।

स्थानीय वासिन्दाहरूले रामजानकी मन्दिरलाई धार्मिक र सांस्कृतिक सम्पदाका रूपमा सुरक्षित राख्न विभिन्न प्रयास गर्दै आएका छन्। यस चाैक स्थापनाले मन्दिरको महत्व झल्काउँदै धार्मिक पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]