नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन इटहरीमा हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा हुने भएको छ। इटहरी जेसीजको आयोजनामा आउँदो पुस ६ गतेदेखि ८ गतेसम्म महाधिवेशन आयोजना गरिने छ।

आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी गराउँदै उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको जनाएको छ। महाधिवेशन इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ।

महाधिवेशनमा देशभरका १७८ शाखाबाट करिब ५ हजार जेसीज सदस्यहरूको सहभागिता रहने महाधिवेशन निर्देशक दीपक ढकालले जानकारी दिए।

महाधिवेशनका कार्यक्रमहरूमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला प्रतियोगिता, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र वार्षिक साधारण सभा आयोजना गरिनेछ। साथै, महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका नयाँ पदाधिकारीहरू चयन हुने जनाइएको छ।

इटहरी जेसीजले सफल र भव्य महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]