ट्रक मर्मत गर्दै गर्दा किचिएर चालकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ इलामको माङ्सेबुङ गाउँपालिका–३ सल्लेरीमा ट्रक मर्मत गर्दै गर्दा किचिएर चालकको मृत्यु भएको छ। मृत्यु हुने चालक पाँचथर हिलिहाङका ३८ वर्षीय कुमार तामाङ रहेका छन्।

ना ३ ख ६०३७ नम्बरको काठ बोकेको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङ त्यसको मर्मत गरिरहेका थिए। मर्मतका क्रममा चक्काको नटबोल्ट भाँचिएपछि जगको सहाराले ट्रक उठाइएको थियो। तर, अचानक जग भासिएर तामाङ च्यापिएका थिए।

घटनापछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]