इटहरीमा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ इटहरीको योङ ब्रदर्श क्लबको आयोजनामा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १९ गतेदेखि सञ्चालन हुने भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराइएको हो।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा आठ टिम सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। अघिल्लो वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जानकारी दिएका छन्।

खेल संयोजक विकास केसीका अनुसार प्रतियोगितालाई इटहरी उपमहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको छ। उनले प्रतियोगिता पारदर्शी बनाइएको र यस वर्ष थप भव्यरूपमा आयोजना गरिने बताए। खेलका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ:

सर्वोत्कृष्ट खेलाडी: १० हजार,उत्कृष्ट गोलरक्षक: १० हजार,उत्कृष्ट डिफेन्डर: १० हजार,उत्कृष्ट मिडफिल्डर: १० हजार,उत्कृष्ट स्ट्राइकर: १० हजार,सर्वाधिक गोलकर्ता: १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित।

त्यस्तै, प्रत्येक खेलका “म्यान अफ दि म्याच” घोषित हुने खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ। क्लबका अनुसार प्रतियोगिताको अनुमानित खर्च २२ लाख ५५ हजार रुपैयाँ हुने छ।

अघिल्लो वर्ष भएको पहिलो संस्करणमा तेह्रथुमको बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)ले उपाधि जितेको थियो। प्रतियोगिता युवाहरूलाई खेल क्षेत्रमा सक्रिय गराउँदै कुलतबाट टाढा राख्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]